प्रचण्डको ब्रिफिङ- माधवजी गलत मनसायले बूढानीलकण्ठ जानुभएको होइन, मलाई जानकारी थियो (भिडिओ) – Nepal Press

प्रचण्डको ब्रिफिङ- माधवजी गलत मनसायले बूढानीलकण्ठ जानुभएको होइन, मलाई जानकारी थियो (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा कुनै समस्या नआउने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले बाहिर चर्चा भएजस्तो समीकरणमा कुनै समस्या नभएको बताए ।

प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘गठबन्धनमा कुनै समस्या आउँदैन । बाहिरको अनावश्यक चर्चा भइरहन्छन् । तर, सरकार आफैं ढंगले अघि बढ्छ ।’

उनले माधव नेपाल गलत मनसायले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नगएको सांसदहरूलाई सुनाए ।

ती सांसदका अनुसार बैठकमा प्रचण्डले भने, ‘माधवजी गलत मनसाय लिएर बूढानीलकण्ठ जानुभएको होइन । जानुअघि मलाई जानकारी गराउनुभएको थियो । उहाँले समीकरण छाड्नुहुन्न कुराकानी भइरहेका छन् ।’

प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह जगाउने गरी बजेट आएको उल्लेख गर्दैै सदनमा बजेटको छलफलमा सक्रिय रूपमा सहभागिता जनाउन निर्देशन दिएको प्रमुख सचेतक हितराज पाण्डेले बताए । बैठकमा १२ जना सांसदहरूले बजेटका बिषयमा धारणा राखेको र अर्थमन्त्री वर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएका छन् ।


प्रतिक्रिया

One thought on “प्रचण्डको ब्रिफिङ- माधवजी गलत मनसायले बूढानीलकण्ठ जानुभएको होइन, मलाई जानकारी थियो (भिडिओ)

  1. फेरि काँध फेर्न मन लागेर पठाएको होला दूत बनाएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर