सुनको कीर्तिमानी भाउको पछाडि यस्तो छ कारण – Nepal Press

सुनको कीर्तिमानी भाउको पछाडि यस्तो छ कारण

काठमाडौ । यो साता पनि विश्व बजारमा सुनको भाउ उच्च रह्यो । अमेरिकी डलरको मजबुती कायम रहन नसक्दा र अमेरिकीट्रेजरीको प्रतिफलमा आएको गिरावटलगायतका कारण सुनको मूल्यमा चाप परेको विश्लेकहरू बताउँछन् ।

विश्व बजारमा साताको चौथो दिन बुधबार साताकै उचाइमा पुगेको मूल्य त्यसपछिका दिनमा भने मत्थर भएको थियो । नेपाली बजारमा रेकर्ड कायम गरेको छ । सरकारले बजेट मार्फत सुनको भन्सार दर बढाएका कारण मूल्य अझ बढेको हो । शुक्रबार हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख २१ हजार ९ सय १५ रूपैयाँ पुगेको छ ।

साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबारको मुल्य प्रति १० ग्राम ४ हजार ५ सय ४५ रूपैयाँ बढी हो । यो साता नेपाली बजारमा चाँदीको मूल्यमा भने उतारचढाव आएको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ९० रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ७ रूपैयाँ ५० पैसा कायम भयो ।

भन्सार दरलाई १५ प्रतिशतवाट बढाएर २० प्रतिशत पुर्‍याइएपछि सीधै प्रभाव सुनमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *