सिजीको ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान, टेलिभिजन किन्दा आकर्षक क्यासब्याक – Nepal Press

सिजीको ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान, टेलिभिजन किन्दा आकर्षक क्यासब्याक

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्राण्ड सिजीले टी २० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान सुरु गरेको छ। यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरुले कुनै पनि सिजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ ईन्चको टि भी मा सि. जी.को २.१ स्पिकर प्राप्त गर्न सक्नेछन्।

यस योजना अन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन द स्पट जिरोे प्रतिशत ईएमआई, सीजी लोयल्टी क्लब रिवार्ड र सिजी इलेक्स् मार्फत आफ्नो सामानको मूल्याङ्कन आफै गरि एक्सचेन्ज गर्न सक्नेछन्। सिजी. ब्रान्डका टिभीहरू नेपालको एक मात्र आइ एस वो ९००१ः२०१५ प्रमाणित टिभीहरू हुन् र यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिन सक्छन्।

आई सि सि टि २० विश्वकप २०२४ को नजिकिँदै जाँदा, नेपाली फुटबल फ्यानहरूले सिजीको क्युलेड नेपालको एक मात्र पहिलो गुगल सर्टिफाइड टिभी मार्फत खेलको मज्जा लिन सक्नेछन्। यो अभियान नेपालभर सीमित समयको लागि लागू हुनेछ।

टी २० क्रिकेट वर्ल्ड कप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदैछ । नेपाल सन् २०१४ पछि दोस्रो पटक भाग लिदैँछ। नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आईरहेको छ । यसपाली नेपाली टिमले टि२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर