स्टोर्मी डेनियल्स : डोनाल्ड ट्रम्पलाई मुद्दामा तान्ने पोर्न स्टारको आरोप के हो ? – Nepal Press

स्टोर्मी डेनियल्स : डोनाल्ड ट्रम्पलाई मुद्दामा तान्ने पोर्न स्टारको आरोप के हो ?

काठमाडौं । अमेरिकाको न्यू योर्क अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ कसुरमा दोषी किटान गरेसँगै फेरि चर्चामा छिन् स्टोर्मी डेनियल्स ।

एक पोर्न स्टानको रूपमा चर्चित स्टोर्मी पछिल्लो समयमा ट्रम्पसँग जोडिएर चर्चित भएकी छिन् ।

अमेरिकी अदालतको एकै कक्षको एक कुनामा स्टोर्मीले ट्रम्पलाई लाएको आरोपको सविस्तार लाएकी थिइन भने ट्रम्प सोही कक्षको अर्कोतर्फ थिए ।

आफ्नो ट्रम्पसँग शारीरिक सम्बन्ध भएको र त्यसबापत चुप लाग्न भनेर वकिलमार्फत १ लाख ३० हजार अमेरिकी डलर पाएको स्टोर्मीले आरोप लाएकी छिन् । यो सन २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने तयारीमा लाग्दाको कुरा हो ।

स्टोर्मीलाई रकम दिने वकिल माइकल कोहिन विभिन्न कसुरमा जेलमा भएको बीबीसीले उल्लेख गरेको छ । ट्रम्पले पनि डेनियल्ससँगको सम्बन्ध अस्वीकार गर्दै आएका छन् ।

४५ वर्षकी स्टोर्मी डेनियल्स भनेर चिनिएकी उनको खास नाम स्टेफेनी क्लिफोर्ड हो । वयस्क चलचित्रमा जोडिएकी उनी राजनीतिमा पनि जोडिएकी छिन् । उनी रिपब्लिकन दलमा आबद्ध छिन् । ट्रम्प पनि सोही दलका हुन् ।

उनले सबैभन्दा पहिलो पटक सन २००६ को सेलिब्रेटी गल्फ टुरमा ट्रम्पसँग भेटेको बताएकी छिन । सो समयमा ट्रम्पकी श्रीमती मेलानियाले भर्खरै बच्चा जन्माएको भन्दै उनले आफूलाई त्यही समयमा ट्रम्पले क्यालिफोर्निया र नेभदा बीचको तेक ताहोको होटेलमा रात्रिभोज खान बोलाएको उनको आरोप छ ।

ट्रम्पले खाना खाएर आएपछि बाथरुमबाट आउँदा कन्डम नलगाई यौन सम्पर्क गरेको र त्यो सहमतिमै भएको उनको आरोप छ । यस्तै सोही समयमा आफूले ट्रम्पलाई म्यागेजिनले हानेको उनले बताएकी छिन् ।

अमेरिकी कानुनमा सहमतिमा यौन सम्बन्ध हुनु र त्यसमा रकम दिनु गैरकानूनी नभएको तर डोनाल्ड ट्रम्पले पोर्न स्टार स्टोर्मीलाई तिरेको रकम कानुन शुल्क भनेर देखाएकोले समस्या भएको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर