दाङमा अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा २ युवकको मृत्यु – Nepal Press

दाङमा अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा २ युवकको मृत्यु

तुलसीपुर । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।

दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा७प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *