अहिलेको समीकरण मिशन-८४ सम्म कायम रहन्छ : शंकर पोखरेल – Nepal Press

अहिलेको समीकरण मिशन-८४ सम्म कायम रहन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले बनेको समीकरण मिशन-८४ सम्म कायम राख्ने बताएका छन् । नेकपा (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलाको समापन गर्दै पोखरेले यस्तो बताएका हुन् ।

‘अहिलेको समीकरण मिशन–८४ सम्म कायम राख्न चाहन्छौँ’, उनले भने, ‘जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो । जनताले हामीलाई रोज्दारोज्दै जनताबाट हामीलाई विमुख पार्ने काम भयो । मिशन–८४ मा त्यस्लाई अन्त्य गर्न चाहन्छौँ । त्यसैकारण यो समीकरणलाई मिशन–८४ सम्म लिएर जान चाहन्छौँ ।’

एमाले अहिलेको समीकरणमा कमजोर उपस्थितिमा रहेको भनेर आलोचना हुने गरेको भन्दै एमालेले एमालेविरुद्धको घेराबन्दी र चक्रव्यूहलाई तोडेको स्मरण गराए ।

‘नेकपा (एमाले)लाई भविष्यको निर्णायक शक्तिको रुपमा स्थापित गर्ने र कसैको साहारा अनि वैशाखी विना बहुमतको सरकार निर्माण गर्ने उदेश्यका साथ यात्रामा जुटेका छौँ’, उनले भने, ‘हामी आजको सोचिरहेका छैनौँ । भविष्यका लागि सोचिरहेका छौँ । उज्यालो भविष्यको यात्रातर्फ हामीले आफूलाई केन्द्रित गर्न लागिरहेका छौँ ।’

उनले छोरा र छोरीका बीचमा अर्थात छोरा भएन भने त मुक्ति पाइन्नँ भन्ने सोचबाट माथि उठ्नुपर्ने पनि उल्लेख गरे ।

‘छोरा र छोरीका विचमा अर्थात छोरा भएन भने त मुक्ति पाइन्न भन्ने साँस्कृतिक मनोदशा हाम्रो पारिवारिक ढाँचामा छ’, उनले भने, ‘आमाहरु र बाबाहरुमा पनि उत्तिकै छ । समाजलाई समानतातर्फ लैजाने हो भने बैतर्नी तार्ने सामथ्र्य छोराहरुमा मात्रै होइन छोरीहरुमा पनि छ भन्ने सन्देश बोकेर आमाहरु र बाबाहरुले पनि बोकेर जानसक्नुपर्छ । त्यसपछि मात्रै हामीले चाहेको समानताको अधिकार तयार हुन्छ ।’

कार्यक्रममामा जनसंगठन संमन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तिकरणको पक्षमा महिलाहरुसँगै रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा काठमाडौं उपत्यका लगतयत देशभरका अव्यवस्थित रुपमा बाससोवास गरेका वसोवासीको बस्तीहरुमा भैरहेको डोजर आतंक बन्द गर्नुपर्नेलगयतका विभिन्न प्रस्ताव पारित गरिएको थियो । भेलाको दोस्रो दिन अर्थात आज १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूह छलफल भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर