तीन सचिव हेरफेर, दुईजनाको दुई महिना नपुग्दै सरुवा – Nepal Press

तीन सचिव हेरफेर, दुईजनाको दुई महिना नपुग्दै सरुवा

काठमाडाैं । सरकारले तीनजना सचिवको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र महालेखा नियन्त्रकको कार्यालयका सचिवको सरुवा गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, वित्त आयोगका सचिव विनोदप्रकाश सिंहको महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रक हरिप्रसाद मैनालीको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

वित्त आयोगका सचिव सिंहको डेढ महिना अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आयोगका सरुवा भएको थियो । उनको डेढ महिनाकै अवधिमा तीन निकायमा सरुवा भइसकेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बुर्लाकोटीको पनि दुई महिना नपुग्दै सरुवा भएको छ । महालेखा नियन्त्रक मैनालीको भने करिव २० महिनापछि सरुवा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *