मालपोत कार्यालय तौलिहवाका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nepal Press

मालपोत कार्यालय तौलिहवाका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देही । भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका नायब सुब्बा नरहरी खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नायब सुब्बा खनाललाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारको ठहर छ ।

उनीविरुद्ध बिगो बमोजिम जरिवाना तथा कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *