दैनिक साढे ४ हजार लाइसेन्स छपाइ सुरु, जिल्ला पठाउने तयारी – Nepal Press

दैनिक साढे ४ हजार लाइसेन्स छपाइ सुरु, जिल्ला पठाउने तयारी

काठमाडौं । लामो समयदेखि नयाँ लाइसेन्स प्रिन्ट रोकिएकोमा अहिले पुनः लाइसेन्स छपाइ सुरु भएको छ । यातायात व्यवस्था विभाग दैनिकरुपमा अहिले ४ हजार ५ सय लाइसेन्स छपाइ गरिरहेको छ ।

विभागले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमका विभन्न यातायात कार्यालयहरमा नाइसेन्स प्रिन्ट गरेर हुलाकमार्फत पठाउने तयारी गरेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको २०२२ डिसेम्बरसम्मको लाइसेन्स छपाइ भइसकेको हो भने नेपालगञ्ज र दाङको लाइसेन्स छपाइ सुरु भएको छ ।

यातायात व्यवस्था विभिगका सूचना अधिकारी इश्वरीदत्त पनेरुले दैनिकरुपमा लाइसेन्स छपाइ सुरु भएको बताए ।

उनले भने, ‘अहिले दैनिक रुपमा ४ हजारदेखि ४ हजार ५ सय लाइसेन्स छापिन सुरु भएको छ । पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशमका विभिन्न यातायात कार्यालयको ६२ हजार लाइसेन्स छपाइ भइसकेको छ । अब छपाई भएको लाइसेन्स हुलाकमार्फत पठाउने तयारी भएको छ भने नेपालगञ्ज र दाङको लाइसेन्स छाप्ने काम भइरहेको छ । २०२२ डिसेम्बरसम्मको लाइसेन्स प्रिन्ट गरेर पठाउने छौं । क्रमस सबै प्रदेशको लाइसेन्स छपाइ गरेर वितरण हुने छ ।’

दिनमा ४÷५ सय लाइसेन्स विदेशीमा पढ्न जाने र सवारी चलाउन जानेहरुलाई पनि वितरण भएरहेको पनेरुले बताए ।

नेपालभर गरेर अहिले १६ लाख ट्रायल पास गरेका र नवीकरण गर्न दिएकाहरुले लाइसेन्स पाएका छैनन् । विभागले यसभन्दा अघि नै पटक पटक लाइसेन्स छाप्न सुरु गर्ने भने पनि छाप्न थालेको थिएन ।

जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिससँग १२ लाख कार्ड आपूर्ति गर्ने सम्झौता भएको थियो । सो सम्झौताअनुसार कम्पनीले पहिलो चरणमा ६ लाख कार्ड नेपाल पठाएको थियो । दोस्रो चरणमा ६ लाख गरी १२ लाख कार्ड नै नेपाल आइसकेको थियो ।

चालू आर्थिक वर्षमै २० लाख कार्ड र प्रिन्टर किन्ने योजना विभागले राखेको छ । विभागसँग हाल महिनामा करिब १ लाखमात्रै कार्ड छाप्न सकिने क्षमताको प्रिन्टर छ । अहिले भएको कार्ड छाप्नलाई करिब ११ महिना लाग्ने छ ।

नयाँ स्मार्ट लाइसेन्स दिन नसके पनि देशभरबाटै नयाँ लाइसेन्सको लागि लिखित र ट्रायल चलिरहेको छ । ट्रायल पास गरेकाहरू यातायात कार्यालयहरुले दिएको चिट बोकेर हिँडिरहेका छन् । बागमती प्रदेश अन्तरगत रहेका आयातयात कार्यालयहरुमा जेठ १ गतेदेखि ट्रायल रोकिएको छ ।

ट्रायल पास गरेका र पुरानो सवारी चालक अनुमतिपत्र नवीकरण गर्न दिएका करिब १६ लाखले कार्ड पाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *