याक-चौँरीको संरक्षणमा कृषकहरू संगठित- पाविहाङको नेतृत्वमा बन्यो महासंघ – Nepal Press

याक-चौँरीको संरक्षणमा कृषकहरू संगठित- पाविहाङको नेतृत्वमा बन्यो महासंघ

काठमाडौं । लोपोन्मुख याक चौँरीको संरक्षणमा लागेका कृषकहरू संगठित भएका छन् । याक चौँरी महासंघको पहिलो अधिवेशनले भोजपुरका पाविहाङ राईको नेतृत्वमा १३ सदस्य नेतृत्व चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष, महासचिव, सचिव तथा कोषाध्यक्षहरूमा क्रमशः दोलखाका लालकुमार केसी, मुस्ताङका सोजन हिराचन, ताप्लेजुङका विशाल लिम्बू र सोलुखुम्बुका आङफुर्वा शेर्पा छन् ।

यस्तै कार्यसमिति सदस्यहरूमा मनाङका बेदबहादुर गुरुङ, ओखलढुंगाकी माया शेर्पा, बाजुराका छिरिङ तोक्पे गुरुङ, सिन्धुपाल्चोका सर्की शेर्पा, हुम्लाका शुक्रबहादुर शाही, सोलुखुम्बुकी पेमा शेर्पा, जुम्लाकी हेमाकुमारी रोकाया बुढा र इलामका सुन्दर राई छन् ।

यस्तै कार्यसमितिसँगै सल्लाहकार समिति पनि चयन भएको छ । सल्लाहकार समितिमा रामेछापका दावासाङ्बु शेर्पा, मुगुका छुडिम लामा, मनाङका गम बहादुर गुरुङ, म्याग्दीमा प्रेमबहादुर पुर्जा पुन र ताप्लेजुङका खड्गबहादुर गुरुङ छन् ।

प्रथम महाधिवेशनबाट चुनिएका अध्यक्ष पाविहाङ राईले नेपालका याक तथा चौँरी कृषकहरूका जायज मागको उठान, नीतिगत निर्णयको दबाब र सो क्षेत्रको अध्ययन तथा अनुसन्धानमा आफ्नो कार्यसमितिले काम गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर