राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवको जिम्मेवारी जंगबहादुर अर्याललाई – Nepal Press

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवको जिम्मेवारी जंगबहादुर अर्याललाई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवको जिम्मेवारी जंगबहादुर अर्याललाई दिइएको छ । अघिल्ला सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकाशमा गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सदस्य सचिवको जिम्मेवारी अर्याललाई दिएको हो ।

अर्याल यसअघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव सरहको अधिकृत वा राष्ट्रिय परीक्षा बोर्डको वरिष्ठ कर्मचारी मध्येबाट मन्त्रालयले तोकेको कर्मचारी सदस्य सचिव बन्ने व्यवस्था छ । पदभार ग्रहण गर्दै अर्यालले परीक्षा बोर्डलाई समयानुकूल चुस्त बनाउनेदेखि तोकिएको जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

विद्यालय शिक्षाको परीक्षा सञ्चालन, व्यवस्थापनका लागि स्थापना भएको राष्ट्रिय परीक्षा बोर्डको मुख्य कार्य परीक्षा पद्धतिको विकास गर्ने हो । सदस्य सचिवको काम, कर्तव्य र अधिकारभित्र बोर्डमा पेश हुने प्रस्ताव तयार गर्ने, बोर्डबाट भएका निर्णय कार्यान्वयन गर्ने, वार्षिक आय, व्यय र कार्यक्रम तयार गर्ने, बोर्डको कोष परिचालन, सम्पत्तिको व्यवस्था, संरक्षण र सञ्चालन गर्ने, बोर्डको वार्षिक आर्थिक विवरण तयार गर्ने र लेखापरीक्षण गराउने लगायत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *