मधेश प्रदेशका चार जिल्लाका ४७२ सहकारी फरार, ६० वटा सम्पर्कमा आए (सूची) – Nepal Press

मधेश प्रदेशका चार जिल्लाका ४७२ सहकारी फरार, ६० वटा सम्पर्कमा आए (सूची)

काठमाडौं । मधेश प्रदेशका ४७२ सहकारी फरार भएका छन् । बारा, पर्सा, रौतहट र सर्लाही गरी चार जिल्लाको सम्पर्कमा नआएका ४७२ वटा सहकारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुचना जारी गरेको छ ।

मन्त्रालयको नियमित सम्पर्कमा नआएका, कोपोमिस प्रणालीमा आबद्द नभएका, आबद्द भएकाहरुपनि प्रतिवेदन पेश गर्ने लगायतका कार्यहरुमा निष्क्रिय रहेका साथै पटक पटक सम्पर्कको लागि ताकेता गर्दा पनि कुनै चासो नदेखाएका ती सहकारीलाई मधेश प्रदेशले ३५ दिनको समय दिएको छ ।

केही समय अघि मात्र मधेशका धनुषा, महोत्तरी, सिरहा र सप्तरीका ३१० सहकारी बेपत्ता भएको सूचना मन्त्रालयले जारी गरेको थियो । ३५ दिनभित्र सम्पर्कमा आउन दिएको म्यादअनुसार ६० वटा मात्र सम्पर्कमा आएको मन्त्रालयले जनाएको छ ।

सम्पर्कमा आउन बाँकी सहकारी संस्थाहरुको फेरि नामसहित सूचना प्रकाशन गरेर १५ दिनको समय दिने र उक्त समयभित्र पनि सम्पर्कमा नआएमा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताइएको छ । मधेश प्रदेशका ८ जिल्ला गरि अझै ७२२ सहकारी बेपता छन् ।

यस्तो छ सूचीः

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर