एकैदिन २३ सयले बढ्यो सुनको मूल्य  – Nepal Press

एकैदिन २३ सयले बढ्यो सुनको मूल्य 

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै २३ सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ ।

तेजाबी सुन बुधबार तोलामा १ लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज १ लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २५ सयले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा  ७० ले वृद्धि भएको छ । बुधबार  एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *