नेपालले अमेरिकासँग आज विश्वकपको दोस्रो वार्मअप खेल खेल्दै – Nepal Press

नेपालले अमेरिकासँग आज विश्वकपको दोस्रो वार्मअप खेल खेल्दै

काठमाडौं । टी–२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।

उक्त खेल अमेरिकाको डलासमा राती सवा ९ बजेबाट सुरु हुनेछ ।

नेपालले पहिलो वार्मअप खेल सोमबार क्यानडासँग खेलेको थियो । उक्त खेलमा नेपाल ६३ रनले पराजित भएको थियो।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।

\चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।

समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर