आई लभ यू भन्दै घुँडा टेकेर फूल दिँदाको खुसी एकछिनको हो, पहिले युवा आत्मनिर्भर बन्नुपर्छ : ओली (भिडिओ) – Nepal Press

आई लभ यू भन्दै घुँडा टेकेर फूल दिँदाको खुसी एकछिनको हो, पहिले युवा आत्मनिर्भर बन्नुपर्छ : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुसी क्षणिक हुने भएकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै हुनुपर्ने बताएका छन् । राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै नेपाली खुसी नभई सुखी हुनुपर्ने तर्क गरे ।

उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली भनेको मिलेन सुखी होइन खुसी हुनुपर्छ भनेर यही मञ्चमा एक जनाले भने, म त्यही बसेर सुनेको थिएँ। मलाई सम्झाइराखेका थिए। यो समृद्ध नेपाल, सुखी नेपाली मिलेन नेपाली खुसी हुनुपर्छ सुखी होइन, खुसी भनेको क्षणिक कुरा हो। एक छिनको कुरा हो एउटा उमेर पुगेको युवतीलाई उमेर पुगेको युवाले आइ लभ यू भन्दै घुँडा टेकेर फूल दियो भने खुसी हुन्छ, तर त्यो खुसी एक छिनलाई टिक्छ। एकपछि फेरि जस्ताको तस्तै। आफ्नो घरमा आफ्नो समस्या छँदै छ। खुसीको सम्भावना नै छैन ।’

उनले भेलामा सहभागी महिलाहरूलाई आत्मनिर्भरको काममा लाग्न जोड दिए। भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब ५ हजारको जमघट छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर