कोशी सरकारविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा – Nepal Press

कोशी सरकारविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

विराटनगर । कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनका विषयमा हालेको रिटको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । हेर्न नभ्याइनेमा परेर सुनुवाइ स्थगित भएपछि सुनवाइ कोशी प्रदेश सरकार विवादको रिटको सुनुवाइ अर्को दिनका लागि सारिएको छ ।

वैशाख २७ गते दायर भएको रिटमा वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो ।

जेठ ९ गते संयुक्त इजलासले मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *