अर्थमन्त्रीलाई प्रश्न- बजेटमा प्रचण्ड पत्नीको नाममा अस्पताल किन ? – Nepal Press

अर्थमन्त्रीलाई प्रश्न- बजेटमा प्रचण्ड पत्नीको नाममा अस्पताल किन ?

काठमाडौं । मङ्गलवार सरकारले प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा आयुर्वेदिक अस्पताल बनाउने घोषणा गर्‍यो ।

आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं विश्व विद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम बजेट विनियोजन गरिएको छ, भन्दै अर्थमन्त्री वर्षमान पुनले घोषणा गरे ।

प्रधानमन्त्री पत्नीकै नाममा किन राखियो अस्पतालको नाम भन्ने प्रश्नमा अर्थमन्त्रीले जवाफ दिएका छन् ।

उनले भने, ‘बजेटमा व्यक्ति तथा संस्थाको नाममा बजेट विनियोजन गर्ने कुरामा धेरै ध्यान दिएका छौँ । जहाँसम्म हस्पिटलको नाममा बजेट छुट्टाइएको कुरा छ । त्यसमा काठमाडौं विश्वविद्यालयले सम्पूर्ण स्रोत र साधन मिलाएर उक्त हस्पिटलको नाम प्रस्ताव गरेको हो । हामीले त्यसमा छलफल गरेर थोरै बजेट विनियोजन मात्रै गरिदिएका हौँ । मलाई थाहा थियो । यस विषयमा कुरा उठ्छ भन्नेमा म प्रष्ट नै थिए । त्यसैले यस विषयमा त्यति कुरा गरिराख्नु पर्छ जस्तो लाग्दैन । सबै कुरा काठमाडौं विश्वविद्यालयले नै हेर्ने भएकोले हामीले थोरै सहयोग मात्रै गरिदिएका हौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर