मेडिसिटीमा राखिएका सिरोहियालाई भिडियो कन्फेरेन्समार्फत अदालतबाट म्याद थप गर्ने तयारी – Nepal Press

मेडिसिटीमा राखिएका सिरोहियालाई भिडियो कन्फेरेन्समार्फत अदालतबाट म्याद थप गर्ने तयारी

काठमाडौं । अस्वस्थ्य रहेको भन्दै उपचारका लागि काठमाडौं ल्याइएका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राख्न पछिल्लो पटक लिइएको म्याद बुधवार सकिँदै छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ दिनअघि सिरोहियालाई उनको कार्यालयबाट नियन्त्रणमा लिएर धनुषा प्रहरीको जिम्मा लगाएको थियो । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई तीन पटक ३/३ दिनको समय दिइसकेको छ ।

धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले सिरोहियालाई बिहीबार अदालतबाट म्याद थप हुने बताए । ‘उहाँलाई भिडियो कन्फेरेन्समार्फत अदालतबाट म्याद थपिने छ’, डीएसपी अवाले भने । उच्च रक्तचाप र मुटुको समस्या रहेको भन्दै स्थानीय अस्पतालले सिरोहियालाई काठमाडौं रिफर गरेको थियो ।

सिरोहियालाई हेलिकप्टरमार्फत धनुषाबाट काठमाडौं ल्याइएको थियो । अपवादबाहेक फौजदारी कसुरमा प्रहरीले पक्राउ गरेको बढीमा २५ दिनभित्र अभियोग पत्र दायर गरिसक्नुपर्ने कानुनी प्रचलन छ ।


प्रतिक्रिया

One thought on “मेडिसिटीमा राखिएका सिरोहियालाई भिडियो कन्फेरेन्समार्फत अदालतबाट म्याद थप गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर