उत्तर कोरियाले दिसा पिसाब भरिएका बेलुन आफ्नो देशमा झारेको दक्षिण कोरियाको आरोप – Nepal Press

उत्तर कोरियाले दिसा पिसाब भरिएका बेलुन आफ्नो देशमा झारेको दक्षिण कोरियाको आरोप

काठमाडौं । उत्तर कोरियामा दिसा पिसाब र फोहोरमैला भरिएका बेलुन आफ्नो देशमा झारेको दक्षिण कोरियाले आरोप लाएको छ ।

दक्षिण कोरियाकालाई उद्धृत गरेर जर्मनीको विश्व च्यानल डिडब्लूले दिएको समाचार अनुसार उत्तर कोरियाले बुधवारसम्म १२० बेलुनहरू दक्षिण कोरियाली सिमानामा खसाएको छ ।

दक्षिण कोरियाली सेनाको द्रूत रेस्पोन्स टोली तथा बम निस्तेजक टोलीले उक्त कुरा पत्ता लगाएको बताइएको छ । सन १९५० को दशकबाट नै उत्तर र दक्षिण कोरियाहरू बेलुन युद्धमा छन् ।

उनीहरूले आफ्ना पोस्टर तथा पम्पलेट्सहरु राखेका बेलुनहरू पठाउने गरेका छन् । सन १९५० देखि सन १९५३ सम्म भएको कोरियाली युद्धबाट कम्युनिष्ट कित्ता उत्तर कोरिया तथा प्रजातान्त्रिक कित्ता दक्षिण कोरिया भएर अलगअलग देशको रूपमा उत्तर र दक्षिण कोरियाहरू छुटिएर बसेका छन् । तर, दुई देशको सामरिक, कूटनीतिक तथा सीमापार तनाव भने अहिलेसम्म निरन्तर देखिँदै आएका छन् । बेलुन युद्ध त्यही तनावको एक किस्ता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर