मन्त्री चौधरीको गुनासो- ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमको बजेटले ग्लानी महसुस भएको छ (भिडिओ) – Nepal Press

मन्त्री चौधरीको गुनासो- ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमको बजेटले ग्लानी महसुस भएको छ (भिडिओ)

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

बुधबार ललितपुरमा भएका छैटौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । सरकारले आगामी बजेटमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमका लागि १० करोड छुट्याएको छ ।

आफूले उक्त कार्यक्रमका लागि बजेट बढी विनियोजन गर्न निरन्तर आग्रह गरेको भएपनि त्यसअनुसार नभएको चौधरीले बताइन् । ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमलाई सबै महिलाहरूको नाराका रूपमा अघि बढाउनुपर्ने उनको जोड छ । महिलाको अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानी महसुस भएको समेत उनले बताएकी छन् ।

मन्त्री चौधरीले भनिन्, ‘महिलाहरू जबसम्म आर्थिकरूपले सशक्तिकरण हुँदैनन् तबसम्म भोको पेटले सारङ्गी बज्दैन । आर्थिक रूपले सशक्त हुने कार्यक्रम गर्नुपर्छ भनेर प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम बनाइरहँदा मन्त्रलयमै पनि हाँसिमजाक गर्ने कुरा आयो । नीति तथा कार्यक्रममा पनि प्रधानमन्त्री छोरी आत्मनिर्भरको कार्यक्रम आयो, त्यतिखेर प्रतिपक्ष दल मात्र नभई सत्तापक्ष दलदेखि सबैले हाँसेर प्रधानमन्त्रीलाई पनि हँसाइदिनु भयो । कस्तो छ हाम्रो सोचाइ भन्ने हो । सरकारको नेतृत्व गर्ने भएको हुनाले, सरकारसँग जोड्नका लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम राखेका हौं । यसमा राम्रै हुन्छ भनेर हामीले सोचेका थियौँ । बढी आउला कि बजेट भन्ने सोचेका थियौं । तर, हेर्नुस् विचरा १० प्रतिशत भनेको जस्तो । मलाई हिजो अलि अलग किसिमको ग्लानी भयो । महिलाहरूको जग्गा, उद्योग दर्तामा केही छुट दिएका छौँ ।’

मन्त्री चौधरीले अहिले नेपाली महिलाहरुले संवैधानिक रूपमा धेरै अधिकार प्राप्त गरेको बताइन् ।


प्रतिक्रिया

One thought on “मन्त्री चौधरीको गुनासो- ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमको बजेटले ग्लानी महसुस भएको छ (भिडिओ)

  1. यो १० करोडले नमूना काम गरेर देखाउ । अनि अर्को वर्ष माग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर