बजेटबारे विराटनगरका उद्योगी व्यवसायी- कार्यान्वयन चुनौतीपूर्ण – Nepal Press

बजेटबारे विराटनगरका उद्योगी व्यवसायी- कार्यान्वयन चुनौतीपूर्ण

विराटनगर । सरकारले ल्याएको बजेटले उद्योगी व्यवसायीलाई उत्साही भई हाल्नु पर्ने अवस्था नरहेको टिप्पणी गरेका छन् । विराटनगरका उद्योगी व्यवसायीहरूले यो बजेटले आफूहरुलाई धेरै उत्साही बनाउन नसकेको बताए ।

कोरोना महामारी पछि हतोत्साही भइरहेका छौ उद्योग व्यपार खस्कदै गएको भएपनि यस पटकको बजेट पनि उद्योग उकास्ने किसिमले नआएको बताए । यो बजेटका कारण उद्योग धन्दाहरू न तङरिने अवस्था नआएको उद्योगी व्यपारीहरुको टिप्पणी छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले अघिल्लो वर्षको बजेट नारै नारामा सीमित भए पनि यस पटकको बजेटले नीति गत सुधार गर्न खोजेको बताए । उनले यस पटकको बजेटले ५ क्षेत्रलाई फोकस गरेको बताए ।

उनले यस पटकको बजेट उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नमा फोकस भएको भए पनि कसरी गर्ने भन्ने विषयमा बजेटमा स्पष्टता नआएको बताए । राठीले बजेटमा केही नयाँ कुरा आउला भनेर आशा र अपेक्षा गरिएको भए पनि नयाँ कुरा बजेटमा आउन नसकेको बताए ।

नवप्रवर्तन कार्यक्रमका लागि भने राम्रो बजेट आएको राठीले बताए । कोशी औद्योगिक कोरिडोरलाई विस्तार गर्न विषेशक्षेत्र घोषणा गरेकोमा उनले खुसी व्यक्त गरे । हामीले माग गरे अनुसार विशेष क्षेत्र भनेर बजेटमा आएको छ तर यसको कार्यान्वयन हुन्छ भन्नेमा शंका रहेको उनले बताए ।

उद्योगी महेश जाजुले कर्जाबाटै अर्थतन्त्र धान्ने गरिको बजेट आउनु दुःखद भएको बताए । सरकारले आगामी आर्थिक वर्षका लागि खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड उठाउने लक्ष्य राखेको छ ।

जाजुले भने यो चुनौती पूर्ण लक्ष्य हो । उनले वैदेशिक अनुदानबाट प्राप्त हुने भनिएको ५२ अर्ब ३३ करोड रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँले राजस्व परिचालन गर्न खोज्नु राम्रो सङ्केत नभएको टिप्पणी गरे ।

उनले पेट्रोल र कोइलामा हरित कर लगाउँदा मूल्य बढ्ने बताए । उनले भने, ‘बजेट सुन्दा राम्रो लागेको भए पनि चुरोट बियर बाहेक आन्तरिक उत्पादनमा अन्त शुल्क बढाउने कुरामा विरोध रहने छ ।’ उनले आन्तरिक उत्पादनमा अन्तःशुल्क बढाए चोरी निकासीलाई बढवा दिने उद्योगी जाजुले दाबी गरे ।

मोरङ उद्योग व्यापार सङ्घका निवर्तमान अध्यक्ष नवीन रिजालले यस पटकको बजेटले कृषिमा लगानी बढाउन सरकार अग्रसर भएकोमा स्वागत गरे । उनले १६ लाख पर्यटन भित्राउने लक्ष्य बजेट मार्फत सरकारले लिएकोमा कुरा स्वागत गर्दै महिला लगानी वर्ष मनाउन योजना राम्रो भएको बताए ।

कोशी प्रदेशलाई बजेट मार्फत औद्योगिक सहरको रूपमा अगाडि बढाउने भनिएको भए पनि १८ घण्टाको लोडसेडिङबाट कोशी प्रदेश औद्योगिक सहरको रूपमा अगाडि बढ्न नसक्ने उद्योगी नवीन रिजालले बताए ।

उनले राजश्व उठाउने पोलिसि नभएका कारण चुनौती भएको बताए । उनले भने,‘पोसिली नभएका कारण जेठको अन्तिम सातासम्म ६० प्रतिशत मात्रै राजश्व उठेको छ । यो पोलिसि नआए सम सरकारले जस्तो सुकै बजेट ल्याए पनि ले लक्ष्य प्राप्ती हुँदैन ।’

उद्योगी रिजालले स्वदेशी बजार प्रवर्धनको विषयमा राज्यले नहेरेको बताए । उनले भने, ‘एक्सपोर्ट इन्सेटिभको मुद्दा यस पटकको बजेटले पनि सम्बोधन गरेन ।’

बजेट वक्तव्यमा देशको अर्थतन्त्रले फड्को मार्ने दाबी गरिएको छ । उनले भने एक दुई तीन कुन पोलिसले देशको अर्थतन्त्रमा फड्को मार्छ यो कुरा बजेटमा आएन । उनले आफूहरू हतोत्साही भएके अवस्थामा उत्साही हुने बजेट नआएको बताए ।

उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजेट चुनौतीपूर्ण रहेको बताए । उनले बजेटले केही सुधारको कुरा उठाएको भए पनि कार्यान्वयन पक्षमा भर पर्ने टिप्पणी गरे । उनले भने, ‘बजेट कार्यान्वयनमा सरकार पनि स्थिर हुनु पर्दछ ।’

उनले बजेट सुन्दा बजेटमा राखिएका कार्यक्रम राम्रै भएको र सबै कुरा समेट्ने कोसिस गरिएको बताए । उनले केही नयाँ राम्रा कार्यकमहरु पनि बजेटमा ल्याइएको बताए ।

कृषि लगानीमा १० दशक घोषणा कार्यक्रम, आर्थिक सुधार सुझाव आयोग, आइटीको विकासमा स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिने, पर्यटकीय गन्तव्यको प्रोफाइल तयार पारिने, जनकपुरलाई वेडिङ हब बनाउने कुरा राम्रो भएको बताए ।

उनले विराटनगरले वर्षौँदेखि माग गर्दै आएको औद्योगिक क्षेत्र प्रदेशनी कक्ष र रिंगरोडका बारेमा यो वर्ष पनि बजेट मौन देखिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *