विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको घोषणा – Nepal Press

विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको घोषणा

विराटनगर । सरकारले देशकै जेठो उद्योग विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बन्द अवस्थामा रहेको विराटनगर जुट मिल सञ्चालनमा ल्याउने बताएका हुन् ।

उनले निजी साझेदारीमा सो उद्योग सञ्चालन गर्ने बताए ।

विराटनगर जुट मिल विसं. १९९३ मा स्थापना गरिएको थियो । नेपालको पहिलो यस उद्योगको नाममा ६९ बिघा जग्गा रहेको छ ।

अर्थमन्त्री पुनले विराटनगर जुट मिलसँगै हेटौंडा कपडा उद्योग र गोरखकाली रबर उद्योग पनि सञ्चालन गर्ने बताए ।

उनले बन्द रहेका यस्ता उद्योग सार्वजनिक-निजी साझेदारीमा सञ्चालनमा ल्याइने बजेट वक्तव्यमा घोषणा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर