कार्यसम्पादनमा सुधार ल्याउन ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने – Nepal Press

कार्यसम्पादनमा सुधार ल्याउन ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने

संघीय निजामती सेवा ऐन यसै अधिवेशनबाट पारित गरेर कार्यान्वयन गरिने

काठमाडौं । सरकारले ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।

उनले भने, ‘सेवाग्राही र सेवाप्रदायकबीच नियमित सम्वादमार्फत सम्पादित कामको विषयमा सेवाग्राहीको पृष्ठपोषण लिन, गुनासाको तत्काल सम्बोधन गर्न र कार्यसम्पादनमा सुधार ल्याउन सेवाग्राहीसँग शुक्रबार कार्यक्रम सञ्चालन गरिनेछ ।’

अर्थमन्त्री पुनले संघीय निजामती सेवा ऐन यसै अधिवेशनबाट पारित गरेर कार्यान्वयन गरिने पनि घोषण गरे । उनले थप्दै भने, ‘राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन, काममा उत्प्रेरणा बढाउन, सेवा सुरक्षा, संरक्षण र अनुमानयोग्य सरुवा बढुवा प्रणाली सुनिश्चित गरिनेछ । सार्वजनिक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई थप सुधार गरिनेछ । इ–गर्भनेन्सको माध्ययमबाट सार्वजनिक सेवालाई मुहाररहित र कागजरहित तथा सम्पर्करहित बनाई गुणस्तर अभिवृद्धि गरिनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर