भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन – Nepal Press

भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पूर्व–पश्चिम राजमार्ग बिस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन भएको छ । त्यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए ।

उनले भने, ‘काठमाडौं–तराई/मधेस दु्रतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवटार, धोद्रे र लेन्डाँडाँ सुरुङमार्ग निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिने छ । ५७ पुलको निर्माण कार्यलाई तिब्रता दिइनेछ । काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि रु. २२ अर्ब ५४ करोड विनियोजन गरेको छु । मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि रु. ३ अर्ब ६८ करोड विनियोजन गरेको छु । हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड विनियोजन गरिएको छ ।’

काठमाडौं उपत्यका भित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *