बजेट २०८१/८२ : सीता दाहाल मेमोरियल कलेज स्थापना गरिने (भिडिओ) – Nepal Press

बजेट २०८१/८२ : सीता दाहाल मेमोरियल कलेज स्थापना गरिने (भिडिओ)

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स’ कलेज स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुराको व्यवस्था गरिएको हो । सो अस्पताल काठमाडौं विश्वविद्यालयमा स्थापना गर्ने जानकारी दिँदै त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको उनले बताए ।

अर्थमन्त्री पुनले भने, ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु । स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिनेछ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा बीचको दोहोरोपन हटाइनेछ । स्वास्थ्य बीमा कार्यक्रमको लागि रु. ७ अर्ब ५० करोड विनियोजन गरेको छु । विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयन गरिनेछ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीताको गत वर्ष असार २७ मा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर