गम्भीर प्रकृतिका रोगमा प्रतिबिरामी एक लाख उपलब्ध गराउन तीन अर्ब विनियोजन – Nepal Press

गम्भीर प्रकृतिका रोगमा प्रतिबिरामी एक लाख उपलब्ध गराउन तीन अर्ब विनियोजन

काठमाडौं । सरकारले गम्भीर प्रकृतिका रोगको उपचारका लागि प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध गराउन तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी गराएका हुन् ।

उनले भने, ‘विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाइमर, पार्किन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल इनिमिया रोगमा उपचार सहुलियतका लागि प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध गराउन तीन अर्ब रुपैयाँ विनियोजन गरेको छु ।’

आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप र प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराउन एक अर्ब ४३ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।

अर्थमन्त्री पुनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन भएको पनि जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर