नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई भिसा सहजीकरण गरिने – Nepal Press

नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई भिसा सहजीकरण गरिने

काठमाडौं । सरकारले नेपाल अध्ययन गर्न आउने विदेशी विद्यार्थीको भिसा सहजीकरण गर्ने भएको छ । संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्मामान पुनले बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

पुनले नेपालका विश्वविद्यालय तथा विदेशका विश्वविद्यालयहरुको सम्बन्ध बढाएर विद्यार्थीहरुको आदान प्रदान गर्ने बताएका छन् । अर्थमन्त्रीले शिक्षा क्षेत्रमा २ खर्ब ३ अर्ब ६६ करोड बजेट छुट्याएको भन्दै यस्तो प्याकेज ःल्याएको बताएका हुन् ।

नेपालका त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय आदिमा विदेशी विद्यार्थीहरु पढ्न आउने गरेका छन् । काठमाडौँ विश्वविद्यालयमा मात्रै अहिलेसम्म पाँच हजार विद्यार्थी हरुविदेशबाट आएर अध्ययन गरेको तथ्यांक छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर