आगामी आर्थिक वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्षको रुपमा अघि बढाइने (भिडिओ) – Nepal Press

आगामी आर्थिक वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्षको रुपमा अघि बढाइने (भिडिओ)

सूचना प्रविधि क्षेत्रमा पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्षका रुपमा अघि बढाउने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।

उनले भने, ‘नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने छ । सूचना प्रविधि क्षेत्रमा १० वर्षका ३० खर्व रुपैयाको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *