मन्त्रिपरिषद्‍बाट बजेट पारित – Nepal Press

मन्त्रिपरिषद्‍बाट बजेट पारित

काठमाडौं । सरकारले संसदमा पेश गर्न लागिएको बजेट स्वीकृत गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । क्याविनेटमा अर्थमन्त्री पुनले बजेटबारे ब्रिफिङ गरेका थिए ।

केहीबेरमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै छन् ।

बजेट पढ्न जानुअघि मन्त्रीहरूले प्रधानमन्त्री कार्यालयअघि सामूहिक फोटो सेसन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर