छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति – Nepal Press

छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति

काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटेको छ ।

कानून मन्त्रालयमा बसेको कार्यंदलको बैठकमा टीओआरमा सहमति जुटेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । बैठकमा सहभागी एक सदस्यका अनुसार कार्यदलका सदस्यहरूले ४ बुँदे सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।

उक्त सहमति भने प्रधानमन्त्रीलाई बुझाएपछि मात्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।

हिजो बालुवाटारमा शीर्ष नेताहरूका बैठकमा भएको सहमति अनुसार नै आज कार्यदलले टीओआरलाई अन्तिम रूप दिएको हो ।

कार्यादेशमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान राखेको थियो । तर, अन्तिम समयमा यो अडानबाट ब्याक भएर जोडिएको सहकारी र संस्थाको नाम उल्लेख गरेर समिति बनाउन तयार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर