युट्युबर ध्रुव राठीको एक पाखे भिडियोको कारण आफूलाई हत्या र बलात्कारको धम्की आएको आरोप – Nepal Press

युट्युबर ध्रुव राठीको एक पाखे भिडियोको कारण आफूलाई हत्या र बलात्कारको धम्की आएको आरोप

काठमाडौं । भारतको आम आदमी पार्टीकी सांसद तथा नेतृ स्वाती मालिवालले युट्युबर ध्रुव राठीको कारण आफूलाई हत्या तथा बलात्कारको धम्की आएको बताएकी छिन् ।

उनले आफ्नो सामाजिक सञ्जाल तथा भारतको अदालत दुवै ठाउँमा यस्तो बताएकी छिन् ।

आफ्नो सामाजिक सञ्जालमा लेख्दै स्वातिले आफ्नो विरुद्धमा राठीले एक पाखे भिडियो बनाएर आफूलाई हत्या र बलात्कारको धम्की आएको तर आफूले राठीलाई सम्पर्क प्रयास गर्दा बेवास्ता गरेको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेकी छिन् ।

सोमबार दिल्ली अदालतमा दिल्लीका मुख्यमन्त्री अदबिन्द केजरिवालका निजी सचिव विभव कुमारले आक्रमण गरेको मुद्दामा उनले रुँदै त्यस्तो भनेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

गत मे १३ मा मुख्यमन्त्री निवासमा आफूलाई मुख्यमन्त्रीका निजी सचिव विभव कुमारले आक्रमण गरेको स्वातीले आरोप लाएकी छिन् ।

उनले आफूलाई आम आदमी पार्टीले पनि बिजेपीको एजेन्ट भनेर तनाव दिएको आरोप लाएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *