कार्यादेशबारे रमेश लेखकलाई प्रश्न- कांग्रेसले चिसो पानीले नुहाएको हो ? (भिडिओ) – Nepal Press

कार्यादेशबारे रमेश लेखकलाई प्रश्न- कांग्रेसले चिसो पानीले नुहाएको हो ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी ठगीबारे अनुसन्धान गर्न बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेशमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान राखेर अन्तिम समयमा ब्याक भएको छ।

हिजो बालुवाटारमा भएको शीर्ष नेताहरूको छलफलमा गृहमन्त्री जोडिएको सहकारी र संस्थाको नाम लेखेर मात्रै समिति बनाउन तयार भएको हो।

हिजो सरकारसँग भएको सहमति आज बिहान बसेको संसदीय दलको बैठकले अनुमोदन गरिसकेको छ। कार्यादेशलाई अन्तिम रूप दिन अहिले कार्यदलको बैठक बस्दैछ।

संलग्न मानिस जोसुकै भए पनि छानबिन र अनुसन्धान हुनसक्ने स्थिति हुने भएकाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक नभएको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए।

उनले भने, ‘अहिले हामीले जुन सहमति गरेका छौँ। यो सहमतिको कुनै व्यक्तिको नाम वा पद लेखिहाल्ने भन्दा पनि सहकारीको रकम जहाँ जहाँ गएको छ, कानूनी र गैरकानूनी रूपमा गएको छ हेर्ने, त्यसमा संलग्न मानिस जोसुकै होस्, उसका बारेमा छलफल, छानबिन र अनुसन्धान हुनसक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्ष निकालेका छौँ।’

गृहमन्त्री लामिछानेसहित सरकारीको रकम गएको सबै व्यक्तिमाथि छानबिन हुने उनले बताए।

उनले थपे, ‘सहकारीको रकम जहाँसम्म गएको छ त्यहाँसम्म समिति पुग्छ। सहकारीको रकम लिने दिने कुरामा जो मान्छे जोडिएको छ कुनै व्यक्ति विशेषको कुरै भएन त्यसमाथि छलफल हुन्छ।’

कांग्रेसले यत्रो रोइलो गरेर चिसै पानीले नुहायो भनिन्छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यसको बारेमा विस्तृत कार्यादेश र समिति आइसकेपछि तातोपानीले नुहायो कि चिसै पानीले नुहायो त्यो बेलामा विश्लेषण गर्नुहोला।’


प्रतिक्रिया

2 thoughts on “कार्यादेशबारे रमेश लेखकलाई प्रश्न- कांग्रेसले चिसो पानीले नुहाएको हो ? (भिडिओ)

  1. नाम नलेखि छानबिन समिति बनाउन उहिल्यै सत्तापक्ष तयार थियो । यत्रो दिनको नाटक किन त देश लुटेराहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर