दश दिनदेखि चितवनबाट महिला बेपत्ता – Nepal Press

दश दिनदेखि चितवनबाट महिला बेपत्ता

हेटौंडा । चितवनबाट एकजना महिला बेपत्ता भएकी छन् । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडीस्थित आफ्नै घरबाट ३९ वर्षकी दैया बस्नेत बेपत्ता भएकी उनका श्रीमान अरमान आलमले बताए ।

आफू काठमाडौं रहेको समयमा फोनमा श्रीमतीसँग सामान्य विवाद भएपछि जेठ ४ गतेबाट श्रीमती बेपत्ता भएको उनको भनाइ छ । दुई सन्तानकी आमा रहेकी बस्नेत घरमा आफ्ना बच्चाहरुलाई स्कुल पठाएर घर छाडेर बेपत्ता भएपछि आफुले प्रहरीमा खोजिदिन निवेदन दिएको उनको भनाइ छ ।

आफुले जिल्ला प्रहरी कार्यालयमा जेठ ६ गते खोजिदिनको लागि निवेदन दिएको र फोन ट्र्याकको आधारमा प्रहरीले आफ्नो श्रीमतीको अन्तिम लोकेशन स्याङ्जा जिल्ला रहेको बताएको उनको भनाइ छ ।

स्याङ्जामा एक पटक फोन अन भएको र त्यसपछि पुनः फोन अफ भएको र हालसम्म नभेटिएकोले देख्नुहुने व्यक्तिलाई सम्पर्क गरिदिन उनले अनुरोध गरेका छन् । आफुले स्याङ्जा प्रहरीलाई समेत लोकेसनबारे जानकारी दिएको बताउँदै कोही कसैले देखेको खण्डमा नजिकको प्रहरीमा खबर गरिदिन आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर