कैलाश सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौँ : राजेन्द्र लिङ्देन (भिडिओ) – Nepal Press

कैलाश सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौँ : राजेन्द्र लिङ्देन (भिडिओ)

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई छानबिन हुनै हुन्न नभनेको प्रष्ट पारेका छन्।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै कानून सबैलाई बराबर लागू हुने बताए।

उनले भने, ‘कैलाश सिरोहियालाई जुन समयमा, जुन ढंगबाट पक्राउ गरियो त्यो ठिक भएन भन्ने हाम्रो धारणा छ। एउटा व्यक्तिलाई पूर्जी काटेर बोलाउँदा पनि हुन्थ्यो थोरै प्रहरी पठाएर लाँदा पनि हुन्छ। जुन आतङ्क सिर्जना गरियो त्यो उचित छैन भनेका हौँ। हामीले सिरोहिया छानबिन हुनुहुन्न भन्नेका छैनौँ। सिरोहियाले गल्ती गरेका छैनन् भनेका छैनौँ। त्यो त अब न्यायिक निरूपणको विषय भइसक्यो। न्यायिक निरूपण हुने नै छ।’

उनले सिरोहिया प्रकरणमा भएको राज्यसत्ताको दुरुपयोग उचित नभएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर