बूढानीलकण्ठ बैठकपछि कांग्रेसका ६ नेता बालुवाटारमा – Nepal Press

बूढानीलकण्ठ बैठकपछि कांग्रेसका ६ नेता बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू आन्तरिक छलफल बालुवाटार लागेका छन्।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि ६ शीर्ष नेता प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटार हिँडेको सहमहामन्त्री जीवन परियारले बताए।

उनका अनुसार कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्र कार्की र आफू बालुवाटार जान लागेको बताए।

उनका अनुसार बैठक ५ बजे सुरु हुनेछ। बैठकमा सहकारी प्रकरणमा आफूहरूले राखेको मागबाट पछि हट्न नसक्ने निर्णय निकालेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नको लागि बनाउने भनिएको संसदीय समितिको टिओआरमा अहिलेसम्म सहमति जुट्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर