खोला तर्दा बेपत्ता भएका काकी-भतिज १५ घण्टापछि मृत भेटिए – Nepal Press

खोला तर्दा बेपत्ता भएका काकी-भतिज १५ घण्टापछि मृत भेटिए

कैलाली । दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुईजना मृत फेला परेका छन् । जिल्लाको मार्मा गाउँपालिका वडा-५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बेपत्ता भएका दुवैजनाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

खोला तर्दै गर्दा भेल आएपछि २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विकलाई खोलाले बताएको थियो । हिजो साँझ करिब ६ बजे प्रहरीलाई उनीहरू बगेर बेपत्ता भएको सूचना प्राप्त भएको र रातभरि खोजी गर्दा आज बिहान करिब ९ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

बेपत्ता भएर मृत फेला परेका दुवैजना काकीभतिज हुन् । उनीहरूलाई खोज्दै जाँदा २ सय मिटर तल बासखोलामा आज मृत भेटिएको हो । अहिले पोस्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *