दिल्लीको आगलागीमा परेर नवजात शिशुहरुको ज्यान गएको अस्पतालको इजाजत नभएको पुष्टि – Nepal Press

दिल्लीको आगलागीमा परेर नवजात शिशुहरुको ज्यान गएको अस्पतालको इजाजत नभएको पुष्टि

काठमाडौं । केहि दिन अगाडि भारतको राजधानी दिल्लीको विवेक विहार क्षेत्रको एक अस्पतालमा आगलागी भएर नवजात शिशुहरूको मृत्यु भएको थियो । सो अस्पतालको इजाजत नभएको पुष्टि भएको छ ।

बीबीसीका अनुसार शनिवारको आगलागीमा परेर नवजात शिशुहरूको मृत्यु भएपछि प्रहरीले अस्पतालका मालिक तथा सो समयमा काममा रहेका डाक्टरहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ गरेर थालिएको अनुसन्धानले उक्त अस्पतालको इजाजत नभएको पाइएको छ । शनिवार लागेको आगलागीमा सात नवजात शिशुहरूको मृत्यु भएको थियो ।

१२ नवजात शिशुहरू भएको अस्पतालका बाँकी पाँच शिशुहरूलाई अर्को अस्पतालमा उपचार थालिएको छ ।

इजाजत नभइको अस्पतालको आपत्कालीनद्वार नभएको तथा आयो नियन्त्रक औजार नभएको पनि भेटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर