गुणस्तरीय तथा अन्तर्राष्ट्रस्तरको ढोका उत्पादनका लागि नेपाल डोर स्थापना – Nepal Press

गुणस्तरीय तथा अन्तर्राष्ट्रस्तरको ढोका उत्पादनका लागि नेपाल डोर स्थापना

अमेरिकामा १० वर्ष बसेर फर्किएका उद्यमी योगेन्द्रजङ्ग बस्नेतले खोले कम्पनी

नेपाली उपभोक्तालाई गुणस्तरीय ढोका उपलब्ध गराउन नेपाल डोर नामक कम्पनी स्थापना भएको छ । अमेरिकामा एक दशकभन्दा धेरै बसेर नेपाल फर्किएका युवा उद्यमी योगेन्द्रजङ्ग बस्नेतले कम्पनी खोलेका हुन् ।

‘नयाँ घर, अफिस वा अन्य ठूला भौतिक संरचना निर्माण गर्दा नेपालमा गुणस्तरीय ढोका उपलब्ध नहुने समस्या महसुसपछि नेपालमा ढोका उत्पादन शुरू गरेको हुँ’, बस्नेतले भने, ‘नेपाल डोरले उत्पादन गरेका ढोकाको गुणस्तर अन्तर्राष्ट्रियस्तरको छ । नेपाल डोर प्रयोग गर्ने उपभोक्ताले सजिलै फरक महसुस गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।’

पछिल्लो समयमा नेपाली उपभोक्ता चीन र मलेसियाबाट आयातित कमसल गुणस्तरका ढोका प्रयोग गर्न बाध्य रहेको उनको भनाइ छ । कमसल कच्चा पदार्थ प्रयोग गरी बनाइएका ती ढोकाहरू नेपालमा परम्परागतरूपमा निर्माण गरिएका ढोकाको तुलनामा पनि न्यून गुणस्तरमा उपलब्ध छन् ।

नेपाली मूलधारको पत्रकारितामा फोटो पत्रकारको पहिचान बनाएका उनी अमेरिकामा एक दशक फोटोग्राफीमै क्रियाशील रहे ।

‘अमेरिकाबाट फर्केपछि मलाई नेपालमा उद्यमशील गर्नुपर्छ भन्ने हुटहुटीले नेपाल डोरको आईडियालाई कार्यान्वयन गरेको हुँ । केही नयाँ काम नयाँ अध्याय शुरू गर्नुपर्छ भनेर मैले यो काम गरिरहेको छु । अहिले बजारबाट अत्यन्तै सकारात्मक फिडब्याक पाउँदा मलाई सन्तुष्टि मिलेको छ’, उनले भने ।

नेपाल डोरले चितवनको भरतपुरमा कारखाना सञ्चालन गरेको छ । यस कारखानाबाट मोल्डेड स्किन डोर उत्पादनपछि नेपाली बजारमा गुणस्तरीय ढोका उत्पादनमा नयाँ युगको सुरूवात भएको बस्नेतको विश्वास छ ।

उत्पादनसँगै बजारको माग बढेको भन्दै बस्नेतले निरन्तर उत्पादन क्षमता बढाउनुपर्ने दबाबबीच काम गरिरहेको बताए । उनका अनुसार हाल नेपाल डोरका उत्पादन काठमाडौं, पोखरा, चितवन, बुटवल, भैरहवा, इटहरी, लम्की, कैलाली, महेन्द्रनगर, बनेपा, धादिङमा उपलब्ध छन् । मार्केटिङ चेनको विस्तार गर्दै उत्पादनलाई देशव्यापी बनाउने लक्ष्य रहेको बस्नेतले बताए ।

नेपाल डोर अहिले नेपालमा मोल्डेड स्किन, एफआरपी, र प्लाइ ढोका उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो उत्पादकको रूपमा स्थापित भइसकेको भन्दै उनले प्यानल स्किन ढोकाहरू नेपालमै उत्पादन हुने भएकाले गुणस्तर नियन्त्रण र अनुकूलन गर्न सक्ने क्षमता राख्ने बताए ।

घर, कोठा, कार्यालय, बालकनी, बाथरूम वा धुलाई कोठाका लागि शतप्रतिशत वाटर प्रुफ ढोका यसले उत्पादन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर