छात्रवृत्तिको विवरण बुझाउन निजी विद्यालयलाई इटहरी उपमहानगरको निर्देशन – Nepal Press

छात्रवृत्तिको विवरण बुझाउन निजी विद्यालयलाई इटहरी उपमहानगरको निर्देशन

इटहरी । इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूले अनिवार्य रुपमा दिनुपर्ने १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।

महाशाखाले निजी विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशतका दरले छात्रवृत्ति विवरण उप महानगरमा पेस नगरेको भन्दै १५ दिन भित्र पेस गर्न निर्देशन दिइएको हो । १५ दिन भित्र पेस नभए कारवाही हुने उप महानगरले जनाएको छ ।

इटहरी उप महानगरले जारी गरेको सूचनामा गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीको नामावलीसहितको विवरण १५ दिनभित्रमा बुझाउन निर्देशन दिएको शिक्षा शाखाका प्रमुख दोर्ण दाहालले बताए ।

इटहरी उपमहानगरपालिकाले यसअघि शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवम् शिक्षक(कर्मचारी)को नियुक्तिपत्रलगायतका नियमबारे पनि निजी विद्यालयलाई विवरण अविलम्ब पठाउन सकुर्लर गरेको थियो ।

इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा निजी विद्यालय रहेका छन भने अरु निजी रहेका छन् । पछिल्लो केही समय यता इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षाक्षेत्र सुधारका अभियानहरु चलाणरहेका छन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *