एमाले धनकुटाको अध्यक्षमा शिवको प्यानलै विजयी, पदाधिकारी कसले कति भोट पाए ? – Nepal Press

एमाले धनकुटाको अध्यक्षमा शिवको प्यानलै विजयी, पदाधिकारी कसले कति भोट पाए ?

धनकुटा । नेकपा एमाले धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बूको प्यानलै निर्वाचित भएको छ । आङ्लाले ३१४ भोट पाउँदा प्रतिद्वन्द्वी निरेन तामाङ्ग २०७ भोटमा रोकिए  ।

उपाध्यक्षमा चिन्तन तामाङ्ग, सचिवमा पर्शुराम नेपाल, उपसचिवमा नैन विश्वकर्मा र तुलसी राई निर्वाचित भएका छन् ।

लेखा समितिका ७ जनासहित ५५ सदस्य सर्वसम्मत चयन भएपछि पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भएको थियो । निर्वाचनमा ५ सय ४८ प्रतिनिधि सहभागी थिए ।

निर्वाचनलाई धनकुटाका पूर्वअध्यक्ष एवं मन्त्री राजेन्द्र राई र स्थायी कमिटी सदस्य शेरधन राईबीचको प्रतिस्पर्धासमेतको रूपमा हेरिएको थियो । राजेन्द्रले निर्वाचित शिव आङ्लाको समूहलाई साथ दिएका थिए भने निरेन तामाङको समूहलाई शेरधन राईको समर्थन थियो ।

यस्तो छ पदाधिकारीहरूको मत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर