एसियाली तेक्वान्दो प्रतियोगिता : २५ स्वर्णसहित नेपाललाई टिम च्याम्पियनको उपाधि – Nepal Press

एसियाली तेक्वान्दो प्रतियोगिता : २५ स्वर्णसहित नेपाललाई टिम च्याम्पियनको उपाधि

काठमाडौं । प्रथम सीएच आईटीएफ एसियाली तेक्वान्दो प्रतियोगिता आइतबार समापन भएको छ । ललितपुरको कराँते हलमा तीन दिनसम्म जारी प्रतियोगितामा ८ एसियाली मुलुकबाट करिब एक हजार २ सय खेलाडीहरूले सहभागी जनाएका थिए।

समापन कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री एवम् नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले सम्बोधन गरेका थिए ।

८५ स्वर्ण ८५ कास्य र ११६ स्वर्ण पदक रहेको खेलमा २५ स्वर्णसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । यस्तै १२ स्वर्णसहित बङ्गलादेशले फस्ट रनर अफ भएको छ ।

७ स्वर्ण सहित मलेसियाले सेकेन्ड रनर अफको उपाधि हात पारेको छ । प्रतिस्पर्धा इन्डिभिजुल स्पाईरिङ, इन्डिभिजुल प्याट्रन र ग्रुप प्याट्रन गरी ३ विधामा भएको हो ।

उत्कृष्ट पुरुष खेलाडी तर्फ नेपाल कै राजेश विक र महिला तर्फ उत्कृष्ट खेलाडी नुवि मानन्धर हुन सफल भएका छन् । उत्कृष्ट अनुशासित समूहको उपाधि भने बङ्गलादेश देशले हात पारेको छ।

कार्यक्रमका प्रमुख अतिथि मैनालीले खेल क्षेत्रको महत्त्व र आवश्यकता दर्साउँदै जस्तो सुकै अवस्थामा पनि खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर