नेपालको पूर्वी भू-भागमा देखिन थाल्यो ‘रेमल’ चक्रवातको आंशिक प्रभाव – Nepal Press

नेपालको पूर्वी भू-भागमा देखिन थाल्यो ‘रेमल’ चक्रवातको आंशिक प्रभाव

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू–भागमा बंगालको खाडीबाट उत्पन्न ‘रेमल’ चक्रवातको आंशिक प्रभाव देखिन थालेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

रेमल चक्रवातको अप्रयक्ष प्रभावले कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरेको छ । ।

‘रेमल’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालकाे कहाँ कहाँ पर्छ  ?

जल तथा माैसम पूर्वानुमान महाशाखाले रेमल चक्रवात सम्बन्धी माैसम बुलेटिन जारी गरेकाे छ ।

बुलेटिनमा उल्लेख गरे अनुसार उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली “रेमल” चक्रवात आज राती बंगलादेश र पश्चिम बंगाल आसपसको तटिय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

नेपालको सन्दर्भमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहेतापनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार नेपालको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्ण बदली रहनेछ ।

कोशी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । तराईका भू-भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

बागमती प्रदेशको थोरै स्थानहरू मेघ गर्जन र चटयाङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध  गरेकाे छ।

गण्डकी प्रदेशको केही स्थानहरू मेघ गर्जन र चटयाङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

बाँकी प्रदेशको मौसम पूर्वानुमान र ‘रेमल’ चक्रवातको अद्यावधिक जानकारीको लागि यस महाशाखाबाट जारी हुने दैनिक मौसम पूर्वानुमान बुलेटिन हेर्न अनुरोध  गरेकाे छ।

सोमबार र मंगलबार दैनिक जन-जीवन, कृषि, पर्यटन, सडक तथा हवाई यातायात लगायत क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर