ज्ञानेन्द्र शाहीको माग- गृहमन्त्रीज्यू ! देशको सूचना बेच्नेलाई तत्काल पक्राउ गर्नुहोस् (भिडिओ) – Nepal Press

ज्ञानेन्द्र शाहीको माग- गृहमन्त्रीज्यू ! देशको सूचना बेच्नेलाई तत्काल पक्राउ गर्नुहोस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गरेका हुन् ।

उनले गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिरेको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे । उनले गृहमन्त्रीले काम गर्न संंसद कुर्नु नपर्ने बताए ।

उनले संसदमा बोल्दै ४ वटा फाइल खोल्ने भनेको विषय कहाँ पुग्यो तत्काल फाइल खोल्न आग्रह गरे । उनले सहकारी छानबिन समिति पनि तत्काल बनाएर काम गर्न समेत आग्रह गरे ।


प्रतिक्रिया

One thought on “ज्ञानेन्द्र शाहीको माग- गृहमन्त्रीज्यू ! देशको सूचना बेच्नेलाई तत्काल पक्राउ गर्नुहोस् (भिडिओ)

  1. पत्रिकामा आएको कुरा भनेका हुन् रविले । कान राम्रो नसुन्ने वा मूर्खले मात्र बङ्ग्याएर भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर