संसदमा गृहमन्त्रीविरुद्ध नाराबाजी सकेपछि यसरी सडकमा उत्रिए कांग्रेस सांसद (तस्बिरहरू) – Nepal Press

संसदमा गृहमन्त्रीविरुद्ध नाराबाजी सकेपछि यसरी सडकमा उत्रिए कांग्रेस सांसद (तस्बिरहरू)

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट भ्रातृ संगठनको प्रदर्शनमा सांसदहरू पनि पुगेका छन् । अहिले प्रदर्शनकारीको जुलुस विभिन्न ठाउँमा भेला भएर प्रदर्शनी मार्गतिर लागेको छ ।

बैठक सकिएलगत्तै कांग्रेस सांसदहरू जुलुसमा मिसिएका छन् । सांसदहरू रमेश लेखक, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा एनपी साउद, राजेन्द्र बजगाईँ, सीता गुरुङ उदयशमशेर राणालगायत पुगेका छन् ।

प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् ।

सदनमा विरोध गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समिति संयुक्त बैठकले केही दिनअघि गृहमन्त्री रवि लामिछानेविरुद्ध सडकमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

2 thoughts on “संसदमा गृहमन्त्रीविरुद्ध नाराबाजी सकेपछि यसरी सडकमा उत्रिए कांग्रेस सांसद (तस्बिरहरू)

  1. काँग्रेसका राम्रा कार्यकर्ताले सोध आफ्नै नेतालाई कि तिमीले ४७ सालदेखि कति लुटेयौ भनेर । लुटेको भाग खाएकाले पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर