एयर चाइनाको जहाज चीनतिरै डाइभर्ट – Nepal Press

एयर चाइनाको जहाज चीनतिरै डाइभर्ट

काठमाडौं । पानी परेर केहीबेर भिजिबिलीटी कम हुँदा त्रिभुवन विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । चीनबाट आएको एयर चाइनाको जहाज चीनमा नै फर्किएको छ ।

लुक्लाबाट काठमाडौं आएको तारा एयरको जहाज रामेछापको मन्थली विमानस्थलमा डाइभर्ट गरिएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाले साढे ११ बजेदेखि करिब २० मिनेट भिजिबिलीटी कम भएको बताए ।

झाका अनुसार चीनबाट आएको एयर चाइना पनि डाइभर्ट गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर