आर्थिक सर्वेक्षण : चालु आवमा ३.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सरकारको अनुमान – Nepal Press

आर्थिक सर्वेक्षण : चालु आवमा ३.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सरकारको अनुमान

काठमाडौं । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

आर्थिक सर्वेक्षणमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षको पुरा अवधि र चालू आर्थिक वर्षको ८ महिनाको अवधिको विश्लेषण गरे आर्थिक सर्वेक्षण सरकारले हरेक वर्ष प्रस्तुत गर्दै आएको छ ।

यस पटक संसदमा नाराबाजीका बीच अर्थमन्त्रीले सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्री वर्षमान पुनले आर्थिक परिसूचकहरू सुधार हुँदै गएको कारण यो वर्ष ३।९ प्रतिशत आर्थिक वृद्धिदर हुने उल्लेख गरे ।

उत्पादन मूलक उद्योग र निर्माण क्षेत्रको सङ्कुचनका बाबजुद पनि कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

चालू आर्थिक वर्ष कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान छ । यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर