प्रतिपक्षको नाराबाजीबीच अर्थमन्त्री पुनद्वारा आव २०८०/८१ को आर्थिक सर्भेक्षण पेश – Nepal Press

प्रतिपक्षको नाराबाजीबीच अर्थमन्त्री पुनद्वारा आव २०८०/८१ को आर्थिक सर्भेक्षण पेश

काठमाडौं । प्रतिपक्षी सांसदहरूको नाराबाजीबीच अर्थमन्त्री वर्षामान पुनले आव २०८०/८१ को आर्थिक सर्भेक्षण संसदमा पेश गगरेका छन् । आजको कार्यसूचीमा हेरफेर गर्दै सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई समय दिएका थिए ।

बैठकको सुरुका प्रतिपक्षको तर्फबाट राप्रपाका ज्ञानेन्द्र शाहीले बोलेका थिए । उनले गृहमन्त्रीविरुद्ध छानबिन गर्नैपर्नेमा जोड दिए । ज्ञानेन्द्रले बोल्दा शान्त रहेका पतिपक्षी सांसद अर्थमन्त्रीलाई समय दिनासाथ रोष्टमतिर कुदे । अर्थमन्त्री माथि उक्लिने दाउ हेरिरहँदा दुई पक्षबीच सामान्य धकेलाधकेल भएको थियो । तर, अर्थमन्त्री अवरोध छल्दै रोष्टममा पुगेका छन् ।

अर्थमन्त्री पुनले सरकारको आगामी आवको राजश्व र व्ययको अनुमान पेश गर्नुअघि आर्थिक सर्भेक्षण पेश गरेका हुन् । सर्भेक्षणमा उनले गत आवको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका हुन् । उनले समग्र आर्थिक अवस्था सुधार भइरहेको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर