कोशीमा बजेटका सिद्धान्त पेश हुँदै, बैठक सार्न कांग्रेसको माग – Nepal Press

कोशीमा बजेटका सिद्धान्त पेश हुँदै, बैठक सार्न कांग्रेसको माग

विराटनगर । कोशी प्रदेशसभामा सरकारले आज बजेट सिद्धान्त तथा प्राथमिकता पेश गर्ने भएको छ ।

सरकार गठनको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै नेपाली कांग्रेसले भने आजको बैठक सार्न माग गर्दै संसद सचिवालयमा पत्र दर्ता गरेको छ ।

सरकार गठनका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका ले जेठ १६ गते सम्मा बैठक सार्न कांग्रेसले माग गरेको हो ।

नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले बैठक नसारे कोशी प्रदेशसभाको बैठक बहिस्कार गर्ने बताए ।

वैशाख ३१ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएको बैठकलाई समेत कांग्रेसले बहिस्कार गरेको थियो ।

हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै ३१ वैशाखमा नेपाली कांग्रेस संसदीय दलको बैठकपछि आफूहरू सदनमा उपस्थित नहुने पत्र लेखेर सभामुखलाई बुझाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर