कार्यदलले तयार गरेकाे कार्यादेश टुंग्याउन शीर्ष नेताहरू बालुवाटारमा – Nepal Press

कार्यदलले तयार गरेकाे कार्यादेश टुंग्याउन शीर्ष नेताहरू बालुवाटारमा

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति नजिक पुगेपछि कार्यदल शीर्ष नेताहरुसँग छलफलमा बसेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी संसदीय छानबिन समिति बनाउन कांग्रेस सहमति नजिक पुगेपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलमा भएको सहमतिअनुसार शीर्ष नेताहरुसँग बसेपछि आजै टीओआर टुंग्याउने तयारी छ । गृहमन्त्रीको नाम उल्लेख नगरे पनि संलग्न रहेको संस्था र सहकारीमाथि छानबिन गर्ने भएपछि कांग्रेस लचक भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर