पोर्चुगल सेन्जेन क्षेत्रबाट हट्ने हल्लामात्र, सबै प्रक्रिया पूरा गरेपछि हट्यो जोखिम – Nepal Press

पोर्चुगल सेन्जेन क्षेत्रबाट हट्ने हल्लामात्र, सबै प्रक्रिया पूरा गरेपछि हट्यो जोखिम

लिस्बन (पोर्चुगल) । युरोपका मुलुकहरूमध्ये प्रमुख आकर्षक गन्तव्यको रूपमा रहेको पोर्चुगल सेन्जेन क्षेत्रबाट हट्न लागेको चर्चा भन्दै पछिल्लो समय धेरै परिचर्चा भइरहेको छ । सेन्जेन क्षेत्रबाट हट्न लागेको हल्ला फैलिएसँगै पोर्चुगलमा रहेका धेरै नेपाली चिन्तित भएका थिए, तर पोर्चुगलको आन्तरिक सुरक्षा प्रणालीले शुक्रबार सेन्जेन क्षेत्रको निलम्बनको जोखिम नरहेको स्पष्ट पारेको छ ।

पोर्चुगलले सिमानामा नयाँ डिजिटल र बायोमेट्रिक कन्ट्रोल सिस्टम स्थापना गरिसकेको हुनाले अब जोखिम नरहेको प्रणालीले स्पष्ट पारेको हो ।

काल्पनिक रूपमा निलम्बनका खबरहरू सार्वजनिक भएकोमा दुःख व्यक्त गर्दै राष्ट्रपतिका मन्त्री एन्टोनियो लेइटाओ अमारोले अब सेन्जेन क्षेत्रको जोखिम नरहेको बताए ।

‘युरोपेली आयोगले पोर्चुगललगायत सबै सदस्य राष्ट्रहरूसँग सहयोग गरिरहेको छ र हाम्रो देशलाई सेन्जेन क्षेत्रबाट निलम्बन गर्न लागिएको कुनै परिदृश्य छैन भन्ने ग्यारेन्टी गर्दछु’, उनले भने, ‘पोर्चुगललाई नयाँ प्रणालीको हिस्सा होस् भन्ने सुनिश्चित गर्न आन्तरिक सुरक्षा प्रणाली र सरकारले आफ्नो भूमिका निर्वाह गरिरहेको स्पष्ट पार्दछु ।’

युरोपेली यात्रा सूचना र प्राधिकरण प्रणालीका महासचिव पाउलो पिनहेरोको नेतृत्वमा रहेको निकायले गत वर्षको अक्टोबरमा प्रवेश र निकास प्रणालीको परीक्षण र तयारीको बारेमा सरकारलाई जानकारी गराएको थियो ।

अप्रिल २९ मा पोर्चुगललाई आवश्यक पर्ने सबै नयाँ प्रणाली पूरा गरिसकेको उनले जानकारी दिए । यदि ती आवश्यक शर्त पूरा नगरेको भए सेन्जेनबाट निलम्बन हुने जोखिम रहेको तर अब त्यो जोखिम नरहेको उनले स्पष्ट पारे ।

आन्तरिक सुरक्षा प्रणालीले यो अवस्थाको समाधान गर्न फेब्रुअरीमा २५ मिलियन युरोसम्मको असाधारण खर्च दिएको थियो । त्यसबेला पोर्चुगल सरकारले गरेको ढिलाइको कारण जोखिममा रहेको भए पनि सरकार, आयोग, सक्षम एजेन्सी र युरोपेली साझेदारहरूले चरणबद्ध रूपमा गरेका कामले खतरा टरेको बताइएको छ ।

पोर्चुगलमा जाने र आउने मानिसहरूलाई अन्य सदस्य राष्ट्रहरूमा नियन्त्रण गर्न सक्षम हुनुका साथै सीमाहरूमा आन्तरिक नियन्त्रण गर्न अब सरकार सक्षम रहेको पनि बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर